पत्रकार महासंघ पाल्पामा पदस्थापन

तानसेन तिनाउ निस्दी पूर्वखोला माथागढी मुख्य समाचार रम्भा रामपुर राष्ट्रिय रिव्दीकोट रैनादेवी वगनासकाली समाचार
सेयर गर्नुहोस

पाल्पा । ०३ बैशाख

नेपाल पत्रकार महासंघ पाल्पामा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । चैत २५ गते सम्पन्न २६ औं अधिवेशनबाट निर्वाचित रेखिराम राना अध्यक्ष सहितको कार्यसमितिलाई पुरानो कार्यसमितिले पद हस्तान्तरण गरेको हो ।
पद हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष राजेश कुमार अर्यालले सामाजिक तथा आर्थिक अनुशासन कायम राख्न नयाँ कार्यसमितिलाई शुभकामना प्रदान दिनुभयो । अर्यालले निर्वाचनको कार्यक्रमबाट नयाँ कार्यसमिति आउँदा केही साथीहरु छुटेको भएता पनि नयाँ कार्यसमितिले सबैलाई समान व्यवहार गर्दै संस्थागत हितमा काम गर्न अग्रसर हुनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै शाखाका सल्लाहकार गोविन्द भट्टराईले पत्रकारले कुनै पनि विषयवस्तुलाई सहि र गतल छुट्याउन सक्ने भएका कारण अग्रजहरुको सम्मान गर्दै अगाडी बढ्नुपर्ने सुझाव दिनुभयो । यस्तै सल्लाहकार झपेन्द्र गहिरेले लोकतान्त्रिक व्यवस्था अनुसार बनेको कार्यसमितिले अहिलेको गरिमालाई कायम राख्दै संस्थागत हितमा काम गर्न शुभकामना व्यक्त गर्नुभयो ।

संस्थाका सल्लाहकार तथा पूर्व अध्यक्ष गोविन्द भट्राईद्धारा नवनिर्वाचित अध्यक्षलाई सुझाव र मायाको चिनो हस्तान्तरण गर्दै

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष रेखिराम रानाले सुशासनका लागि सूचनाको हक कार्यान्वयन गर्न तथा अग्रजहरुले देखाएको बाटोमा अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिले निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेको थियो । यस्तै निर्वाचन समितिका तर्फबाट जोगलाल विकले निष्पक्ष निर्वाचन कार्यक्रमबाट नयाँ कार्यसमिति चयन भएको भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

संस्थाका निर्वतमान सचिव किरण कौशलद्धारा नवनिर्वाचित सचिव यज्ञमूर्ती तिमिल्सेनालाई माइन्यूट हस्तान्तरण गर्दै

महासंघको २६ औं अधिवेशनबाट अध्यक्षमा रेखिराम राना, उपाध्यक्षमा भरत शर्मा, महिला उपाध्यक्षमा सिर्जना घिमिरे, सचिवमा यज्ञमूर्ती तिमिल्सिना, कोषाध्यक्षमा मुक्ति न्यौपाने, सहसचिवमा रीमा सोमै, सहसचिव समावेशीमा कृष्ण दर्नाल तथा सदस्यहरुमा कृष्ण प्रसाद पोखरेल, भुवन रायमाझी, दुर्गेश मल्ल र सुनिल कार्की, समावेशी तर्फ जनजाति सदस्यमा अनिल लिगल, दलित सदस्यमा विजय बौडेल, अल्पसंख्यकमा रन बहादुर कुमाल निर्वाचित भएका थिए ।

संस्थाका निर्वतमान कोषाध्यक्ष मिलन विकद्धारा नवनिर्वाचित कोषाध्यक्ष मुक्ति न्यौपानेलाई कोषको खाता हस्तान्तरण गर्दै