पाल्पामा थप एकजना कोरोना सङक्रमितको निधन भएको छ ।

तानसेन मुख्य समाचार राष्ट्रिय समाचार
सेयर गर्नुहोस

पाल्पा चैत्र २९,
पाल्पामा थप एकजना कोरोना सङक्रमितको निधन भएको छ । तानसेन ३ कि ७२ वर्षीय कोरोना संक्रमित महिलाको शनिबार निधन भएको हो । मृतक महिला तानसेनको एक माध्यमिक विद्यालयको पूर्व प्राचार्य हुन् ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा भर्ना भएकी महिलाको शनिबार बेलुका निधन भएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए ।

योसंगै पाल्पामा कोरोना संक्रमितका मृत्यु हुने संख्या ३८ पुगेको छ ।