डढेलो नियन्त्रणमा प्रयोग हुने औजार, सुरक्षा निकायलाई हस्तान्तरण

मुख्य समाचार राष्ट्रिय रिव्दीकोट समाचार
सेयर गर्नुहोस

सुमन कार्की
पाल्पा २७ चैत्र
देशव्यापी रुपमा आगलागी फैलिदै जान थालेपछी बनडडेलो नियन्त्रण र व्यवस्थापनमा प्रयोग हुने सामाग्री सुरक्षा निकायहरुलाई हस्तान्तरण गरिएको छ ।
पाल्पाको तनासेनमा आयोजित एक कार्यक्रममा जिल्लाका ३ सुरक्षा निकायलाई आगलागी नियन्त्रण र व्यवस्थापन सामाग्रीहरु हस्तान्तरण गरिएको हो । कार्यक्रममा बनडडेलो नियन्त्रणको लागी आवश्यक पर्ने रेक १५/१५ सेट, स्वाटर १५/१५ सेट, हेलमेट ३०/३० गोटा र जम्प सुट ४/४ सेट गरि सामूदायिक बन उपभोक्ता समूहद्धारा जिल्ला बन कार्यालय पाल्पाको समन्वयमा जिल्ला प्रहरी कार्यालय पाल्पा, शसस्त्र प्रहरी बल गुल्म पाल्पा र गोरखदल गण पाल्पालाई हस्तान्तरण गरिएको हो । त्यसैगरी केही सामाग्रीहरु स्थानीय मुझुङ्ग इलाका प्रहरी कार्यालय, हार्थोक प्रहरी चौकी र सर्देवा प्रहरी चौकीलाई दिने सामूदायिक बन उपभोक्ता समूहले जनाएको छ ।
रिब्दीकोट सव डिभिजन बन कार्यालय अन्र्तगतका २१ ओटा सामूदायिक बन उपभोक्ता समूह र तानसेन सब डिभिजन बन कार्यालय अन्र्तगत मिलीजुली पालेको रमाइलो सामूदायिक बन उपभोक्ता समूह गरि २२ ओटा सामूदायिक बन उपभोक्ता समूहवाट संकलीत ३ लाख ३५ हजार बरावरको बन डडेलो नियन्त्रणमा आवश्यक पर्ने सामग्रीहरु गोरखदल गण पाल्पा, जिल्ला प्रहरी कार्यालय पाल्पा, सशत्र प्रहरी वल गुल्म पाल्पालाई हस्तान्तरण गरेको हो ।
कार्यक्रमा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले गत वर्षको तुलनामा यस वर्ष देशव्यापी रुपमै ठुलो मात्रामा आगलागी भैरहेको र जिल्लामा पनि यो समस्या आइपरेको वताउनु भयो । यो समस्या जती खेर पनि आई पर्न सक्ने हुदा जिल्ला विपत व्यवस्थापन समिती हरदम तयारी अवस्थामा रहेको वताउदै सुरक्षा सामग्री वितरणको कार्य सहनिय भएको बताउनुभयो ।
कार्यक्रमा डिभिजन बन कार्यालय पाल्पाका डिभिजनल बन अधिकृत डा.मोहन पौडेलले गर्मी तथा खडेरी मौसमको समयमा कुनै पनि वेला जाहा पनि आगलागी हुन सक्ने र त्यसको नियन्त्रणको लागी सुरक्षा निकायलाई नै गुहारनु पर्ने हुदा सुरक्षा सामाग्री वितरण गरिएको उल्लेख गर्नुभयो । सुरक्षा निकायको लागी अत्यावश्यक सामाग्रीहरु थोरै मात्रा भए पनि कार्यालयको समन्वयमा उपलब्ध गराइएको जानकारी दिनुभयो । आगामी दिनहरुमा थप सामाग्री तथा औजार समेत उपलब्ध गराउन जिल्लाभरिका बनउपभोक्ता समिती संग समन्वय गर्ने उहाँको भनाई छ ।
सामूदायिक बन उपभोक्ता समूहहरुको कोषको रकम मध्ये बन संरक्षण तर्फको योजना र वजेटवाट कार्यक्रम गरिएको रिब्दीकोट सब डिभिजन बन कार्यालयका सहायक अधिकृत उपेन्द्र अर्यालले जानकारी दिनु भयो ।