पत्रकार महासंघ पाल्पामा मनोनयन दर्ता, अध्यक्ष र सचिवमा ३/३ जनाको उम्मेदवारी

तानसेन मुख्य समाचार राष्ट्रिय समाचार
सेयर गर्नुहोस

पाल्पा
आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनको लागि आज मनोनयन दर्ता सकिएको छ । नेपाल पत्रकार महासंघ पाल्पाको आगामी २५ गते हुने निर्वाचनको लागि पाल्पामा अध्यक्ष पदको लागि ३ जनाको उमेदवारी परेको छ । अध्यक्ष पदमा कमलराज तिमिल्सेना, रेखीराम राना र जिवलाल सुवेदीले मनोनयन दर्ता गर्नुभएको हो ।
त्यसैगरी उपाध्यक्षमा भरत शर्मा र महिला उपाध्यक्षमा सिर्जना घिमिरेको मनोनयन दर्ता भएको छ । नेपाल पत्रकार महासंघको निर्वाचनको लागि सचिव पदको लागि पनि ३ जनाको मनोनयन दर्ता भएको छ । सचिवमा कृष्ण कार्की, यज्ञमुर्ति तिमिल्सेना र भोजराज भट्टराईले उम्मेद्वारी दिनुभएको छ । यस्तै कोषाध्यक्षमा भने मुक्ति न्यौपानेको मात्र उमेदवारी परेको छ । सहसचिव तर्फ खुल्लामा पनि २ जनाको उमेदवारी परेको छ । खुल्ला तर्फ नारायण न्यौपाने र रिमा सोमैको उमेदवारी दर्ता भएको हो । त्यसैगरी सहसचिव समावेशीमा कृष्ण दर्नालको मात्र उम्मेद्वारी परेको छ ।
सदस्यहरुमा कृष्ण प्रसाद पोखरेल, भुवन रायमाझी, विष्णु घिमिरे, सितादेवी डोटेल, दुर्गेश मल्ल, अनिल लिगल, रनबहादुर कुमाल, दयाराज न्यौपाने, विजय बौडेल, सुनिल कार्की,  अमृत अधिकारीको मनोनयन परेको छ ।
यस्तै गरी केन्द्रीय परिषद् सदस्यमा भगवान भण्डारी, देवबहादुर पचभैया, गीता ज्ञवाली, केशवराज नेपालको मनोनयन परेको छ । यस्तै प्रदेश परिषद् सदस्यको लागि नरभूपाल विक, सुकुम नेपालीको मनोनयन परेको छ ।