बजेट, कार्यक्रम तर्जुमा र राजश्व सम्बन्धी गोष्ठी तानसेनमा

तानसेन तिनाउ निस्दी पूर्वखोला माथागढी मुख्य समाचार रम्भा रामपुर राष्ट्रिय रिव्दीकोट रैनादेवी वगनासकाली समाचार
सेयर गर्नुहोस

विष्णु घिमिरे
पाल्पा, १२ चैत्र, ०७७
पाल्पा, गाउपालिका राष्ट्रिय महासंगको आयोजनामा पाल्पाको तानसेनमा बजेट, कार्यक्रम तर्जुमा र राजस्व सम्बन्धी गोष्ठि भएको छ । विहीबार र शुक्रवार २ दिन भएको गोष्ठिमा स्थानीय सरकारले करको दायरा बृद्धी गरी आत्मनिर्भर बन्ने विषयमा छलफल केन्द्रित भएको हो ।
पाल्पा, गुल्मी र अर्घाखाचीका गाउँपालिकाका उपप्रमुख र योजना शाखाका प्रमुखहरुको बिच बजेट, कार्यक्रम तर्जुमा र राजस्व सम्बन्धी छलफल कार्यक्रम भएको हो । । स्थानीय तहमा बजेट तथा कार्यक्रम र राजस्व परामर्श समितिको दक्षता अभिवृद्धी गर्ने उद्देश्यले आपसी सिकाई आदान–प्रदान गर्ने गरी कार्यशाला गोष्ठी आयोजना गरिएको हो । गोष्ठी उद्घाटन समारोहमा महासंघका केन्द्रीय महासचिव वंशलाल तामाङ्गले स्थानीय सरकारलाई आर्थिक र प्रशासनिक रुपमा सक्षम र बलियो बनाउनका लागि गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । स्थानीय सरकारमा भुगोलमा आधारित भएकोले अन्य सरकारहरुले वजेट तथा कार्यक्रम बनाउदा सहकार्य गर्न अनुरोध समेत गर्नुभयो ।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य तथा बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले स्थानीय सरकार भएको महसुुस जनताले कोभिडका बेला गर्न पाएको बताउदै संघीय सरकारले कुल बजेटको १४ प्रतिशत मात्र स्थानीय तहमा छुट्याउने गरेको भन्दै अध्यक्ष बस्यालले अब त्यसलाई बढाएर स्थानीय तहमा विकास केन्द्रीत बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा छत्रदेव गाउँपालिका अर्घाखाँचीका अध्यक्ष लेखनाथ पोखरेल, रिब्दीकोट गाउँपालिका पाल्पाका अध्यक्ष नारायण जिसी, लगायतले संघिय संरचना अनुसारको स्थानीय सरकार सफल भएको बताउनुभयो । गोष्ठी उद्घाटन समारोह महासंघका केन्द्रीय सदस्य तथा बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालको अध्यक्षता, महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेलको स्वागत, महासंघ सचिवालयकी गीता श्रीसको सञ्चालनमा भएको थियो ।

blob:https://kantipurtv.com/485fe1cd-e89e-4a85-9f75-056e06844f17