बगनासकाली गाउपालिका बालमैत्री गाउपालिका उन्मुख, तयारी पुरा

मुख्य समाचार राष्ट्रिय वगनासकाली समाचार
सेयर गर्नुहोस

सुमन कार्की
पाल्पा, ११ चैत्र, ०७७
बगनासकाली गाँउपालिकाले वालमैत्री स्थानिय शासन घोषणाको तयारी पुरा गरेको छ । गाँउपालिकाले बालमैत्री स्थानिय शासन घोषणाका लागी आवश्यक पर्ने सम्पूर्ण खुड्कीलाहरु पुरा गरेको जनाएको छ । यसै विच जिल्लाका सरोकारवाला निकायहरुबाट बगनासकाली गाउपालिकाले संचालन गरेको वालमैत्री कार्यक्रमको अनुगमन भएको छ । मंगलवार गाउपालिकाका विभिन्न वडाहरुमा भएको अनुगमनबाट वाँकी कामहरु सक्याउन सुझाव दिएको गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले जानकारी दिनुभयो । हामीले सम्पूर्ण सूचकहरु पुरा गरेका छौं, केही डकुमेन्टेसनको कामहरु केही दिनमा पुरा गरी घोषणा गछौं, अध्यक्ष बस्यालले भन्नुभयो ।
जिल्लावाट जिल्ला समन्वय समिती पाल्पाको कार्यवाहक अध्यक्ष मिरा मरासीनी, सहायक प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, स्थानीय विकास अधिकारी ध्रुव कुँवर, सामाजिक विकास कार्यालय, स्वास्थ्य कार्यालय, महिला तथा वालवालिका कार्यालय लगायतका संघ सस्थाका प्रतिनिधिहरुले अनुगमन गरेका थिए । वालमैत्री स्थानिय शासन घोषणाको लागी आवश्यक ३९ सुचकहरु सवैको पूर्ण तयारी भैसकेको कारण अव गाउपालिका वालमैत्री स्थानिय शासन घोषणाकोलागी तयार भएको वताउदै अनुगमन टोलीको प्रतिवेदन पश्चात गाउँसभा वसी घोषणा मिती तय गर्ने गाउपालिकाकी उपाध्यक्ष सरस्वती चिदीले जानकारी दिनुभएको छ । गत वर्षनै बालमैत्री गाँउपालिका घोषणा गर्ने तयारीमा जुटेको बगनासकाली गाउपालिका, कोरोना भाइरसको संक्रमण पछी भएको लकडाउनले घोषणा हुन सकेको थिएन । अनुगमन टोलीले गाउँपालिकामा बालमैत्रीको लागी के कस्ता तयारीहरु गरेको छ भनेर गाँउपालिकाले गरेको कार्य तथा त्यसको प्रभावको डकुमेन्टेसन अनुगमन गरि वडा नं.३ को वडा कार्यालय, स्वास्थ्य चौकी, वालमञ्च, वालक्लव र वडा नं.३ कै विद्यालय समेत अनुगमन गरेको छ । अनुगमनको प्रतिवेदन आउना साथ वालमैत्री स्थानिय शासन घोषणाको लागी अगाडी बढ्ने प्रमुख प्रशाशकिय अधिकृत शुरेश घिमिरेले जानकारी दिनुभयो ।
गाउपालिका अहिले वालश्रम शोषण शुन्य, वालविवाह न्यूनिकरण, पूर्ण खोप यूक्त गाँउपालिका, बच्चा जन्मेको ३५ दिन भित्रका बच्चाहरुको कानुनी अडचन वाहेकका सवैको पालीकाभरि जन्म दर्ता गरिएको ,सवै विद्यालयहरुमा वालमैत्री स्कूललागु गरिएको, बालमञ्च, वालक्लव लगाएतका क्लवको गठन तथा संचालन पालिका भरी गरीएको, बाल कोष स्थापना, वालमैत्री रणनितीतिक र दिर्घकालीन नीति निर्माण, गाउपालिका लगायतका सवै सार्वजनिक निकायहरुमा बालवालिकाको सहभागिता, नीतिगत वजेट तर्जुमा लगाएतका सुचकहरु पुरा गरी घोाषणा उन्मुख भएको बगनासकाली गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालको भनाई छ ।