शैक्षिक सामग्री वितरण तथा सचेतना मूलक कार्यक्रम सम्पन्न

मुख्य समाचार राष्ट्रिय वगनासकाली समाचार
सेयर गर्नुहोस

पाल्पा, चैत्र ११
हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी भन्ने मुल शन्देश सहित , बगनासकाली गाँउपालिका वडा नम्बर ६ मा रहेको विष्णु मा.वि.मा समुदाय प्रहरी साझेदारी शान्तिपूर्ण एवं सुरक्षित समाजकालागि हाम्रो अभियान भन्ने सन्देश सहित शैक्षिक सामाग्री वितरण तथा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।
वालवालिकको केन्द्र विन्दुको रुपमा विद्यालयलाई लिने गरिन्छ । विद्यार्र्थीहरूमा हुने यौन दुर्ववहार , लागू औषद दुव्यसनी , गाजा, चरेश , अफिम ,जस्ताको प्रयोय गरि कुलतमा बालबालिका लाग्ने गरेको विद्यार्थी जीवन देखि नै देखिन्छ । अभिभावकहरूले आफ्ना बच्चाहरूको आनी बानी सानै देखी रेखदेख गर्दे जानु पर्छ, स्कूलमा आफ्नो वच्चाको संगत के कस्ता साथी संगीहरु सगं रहेको छ त्यो पनि ख्याल गर्नु पर्ने हुन्छ जस्का कारण आफ्ना वालवालीकाहरु लाई कुलतमा फस्नवाट जोगाउन केही मद्त पुग्ने कार्यक्रमका प्रमुख अतिथी डि.एस.पी.रामेश्वर त्वातीको अनुभव रहेको वताउनु भयो । किशोर अवस्थाका बालबालिकाहरू वढि विग्रीने डर हुने गरेको बताउदै त्वातीले गाजा खाने, बिक्री वितरण गर्ने,गाजाँ खेति गर्ने , खैरो हिराईन , सेतो हिरोईन , जस्ता लागू औषदहरू कानुनी रुपमा वर्जित गरिएको जानकारी दिनु भयो ।
त्वातीले किशोरावस्थामा वढिमात्रामा वालवालिकाहरु कुलतमा पर्ने संभावना हुने हुदा शिक्षक तथा अभिभावकले विद्यार्थीहरुको वढि निगरानी राख्नु पर्ने भन्दै वालविवाह र साइवर क्राइम समेत लागु औषदको प्रयोगवाटै सूरुवात हुने साथै लागुऔषद प्रयोग गरेको खण्डमा हुने सजाय, बाल विवाहमा हुने सजाय , साईबर क्राईम्को अवस्थाको जानकारी समेत गराउनु भयो ।
कार्यक्रमा सामुदायिक सेवा केन्द्र पाल्पाका अध्यक्ष जयप्रकाश उप्रेतीले दृन्दको समयमा भएका सबै खाले , घटनाहरूको सामुदायिक सेवा केन्द्र पाल्पाले अध्यन अवलोकन गरि मेलमिलापको प्रयासबाट समाधान गरिएको बताउदै , कुनै पनि समस्या परे सामुदायिक सेवा केन्द्र पाल्पा लाई जानकारी गराउनु भएमा सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।
वडा सदस्य राजेन्द्र बहादुर रानाले समुदायमा अभिभावकहरूले छोराछोरीको कापीकलम छ या छैन् भन्ने सोच सम्म नभएको अवस्थामा यसरी कापी कलम वितरण गरि सहयोग गरेकोमा आयोजक प्रति आभार व्यक्त गर्नु भयो । विष्णु माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेश गैरेले यसरी विद्यालयमा आई ५० जना विद्यार्र्थी भाईबैनिहरूलाई शैक्षिक सामाग्री , वितरण गरी दिएकोमा आयोजकलाई धन्यवाद दिनुभयो ।
सामुदायिक सेवा केन्द्र पाल्पाको आयोजनामा संचालित यस कार्यक्रममा , कापी कलमको सहयोग चुरा प्रसाद न्यौपाने र निर्मला न्यौपानेले सौजन्य गर्नु भएको थियो । कार्यक्रम सामुदायिक सेवा केन्द्र पाल्पाका सचिव कमल तिमिल्सनाको संचालन र जयप्रकाश उप्रेतीको अध्यक्षतामा चलेको हो ।