बगनासकाली गाउपालिका, बालमैत्री घोषणाको अन्तिम तयारीमा

मुख्य समाचार राष्ट्रिय वगनासकाली समाचार
सेयर गर्नुहोस

बिष्णु घिमिरे
पाल्पा । ०९ चैत्र ०७७
पाल्पा जिल्लाको बगनासकाली गाउपालिका बालमैत्री स्थानीय शासन भएको गाउपालिका घोषणाको अन्तिम तयारीमा जुटेको छ । बगनासकाली गाउपालिकाले बालमैत्री स्थानीय शासन कार्यक्रम संचालन गरी घोषणाको अन्तिम तयारीमा पुगेको जनाएको हो ।
आर्थिक वर्ष ०७४।०७५ देखी सुरु भएको बालमैत्री कार्यक्रम गत वर्ष नै ८० प्रतिशत सूचक पुरा गरेको थियो । कोरोना भाइरसको संक्रमण फैलदै जान थालेपछी भएको लकडाउनका कारण गत वर्ष बालमैत्री घोषणा हुन सकेको थिएन । बगनासकाली गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालका अनुसार गाउपालिकाले सबै सूचकहरु पुरा गरेको छ । जिल्ला समन्वय समितिलाई अनुगमनको लागि अनुरोध गरेका छौं, अन्तिम अनुगमन वाँकी छ, चैत्र मसान्तभित्रै घोषणा हुन्छ । अध्यक्ष बस्यालको भनाई छ ।
गाउपालिकाका सबै समिति तथा विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति लगायतका सार्वजनिक समूह समितिमा बालवालिकाको प्रतिनिधित्व सुनिश्चत गरिएको छ । गाउपालिकाका उपाध्यक्ष सरस्वती चिदी भन्नुहुन्छ, बाल अधिकार देखी बाल संरक्षण सम्मका सबै कामहरु गरेका छौं, घोषणा पछी पनि निरन्तरता दिन्छौं ।


बगनासकाली गाउपालिकाले पूर्ण खोप, पूर्ण सस्थागत सुत्केरी गाउपालिका घोषणा गरिसकेको छ । बगनासकाली गाउपालिका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीका अनुसार पूर्ण पोषण युक्त बनाउन काम भइरहेको छ । स्थानीय तहको निर्वाचन पछी प्राथमिकताका साथ संचालन गरिएको बालमैत्री कार्यक्रमले गाउपालिकाले बालवालिकाका क्षेत्रमा १५ प्रतिशत रकम विनियोजनको नीति समेत तयार पारेको छ ।