रिब्दीकोटमा एतिहासिक कला, सस्कृती सम्बन्धी सास्कृतीक महोत्सव हुने

मुख्य समाचार राष्ट्रिय रिव्दीकोट समाचार
सेयर गर्नुहोस

विष्णु घिमिरे

पाल्पा
रिब्दीकोट गाउपालिका पाल्पामा एतिहासिक कला र सस्कृती झल्कने मेला हुने भएको छ । गाउपालिकाको वडा नं. ४ भैरवस्थानमा रिब्दीकोट चिनाउने एतिहासिक कला र सस्कृती झल्काउन मेला आयोजना हुन लागेको हो ।
आगामी चैत्र १० देखी १७ गते सम्म संचालन हुने मेला ८ दिन सम्म संचालन हुने मूल आयोजक समितिकी संयोजक तथा रिब्दीकोट गाउपालिकाका उपाध्यक्ष लक्ष्मी खनालले जानकारी दिनुभयो । कार्यक्रमबारे जानकारी दिन आइतवार गाउपालिकामा आयोजित पत्रकार सम्मेलनमा ८ दिने कार्यक्रमको तालिका सार्वजनिक गरिएको छ । भैरवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर अधिकारीका अनुसार १० गते भैरवस्थान मन्दिर परिसर सरसफाई, ११ गते रक्तदान कार्यक्रम, १२ र १३ गते गाउपालिका स्तरीय भलिवल प्रतियोगिता, १३ गते सेन वंशिय इतिहास सम्बन्धी अन्र्तक्रिया, १४ गते गाउपालिका स्तरीय खुला नृत्य प्रतियोगिता, १५ गते चीर पोल्ने कार्यक्रम, १६ गते फागुमहोत्सव र १७ गते झाँकी, रयाली र सास्कृतीक महोत्सव आयोजना हुनेछ ।
“विगतका वर्षहरुदेखी नै निरन्तर हुदै आएको सास्कृतीक महोत्सव गत वर्ष कोरोना संक्रमणका कारण स्थगित भएको थियो । सेन वंशिय राज्य गोर्खा राज्यको सबैभन्दा शक्तिसाली राज्य हो, यसको इतिहास सबैलाई बुझाउन जरुरी छ,” गाउपालिकाका अध्यक्ष नारायण जिसीले भन्नुभयो, “रिब्दीकोटमा यस्ता इतिहास र सस्कृतीहरुको खानी नै छ जुन ओझेलमा छन्, हामी यस्ता कार्यक्रमहरु मार्फत उजागर गर्न चाहन्छौं । ”