देवानी र फौजदारी संहिता सम्बन्धी अनुशिक्षण तानसेनमा

तानसेन मुख्य समाचार राष्ट्रिय रिव्दीकोट वगनासकाली समाचार
सेयर गर्नुहोस

न्यायिक समितिका पधादिकारीहरु संगको अन्र्तक्रिया तानसेनमा
गीता रेग्मी
पाल्पा । ०४, चैत्र ०७७ । देवानी फौजदारी सहिता सम्बन्धि अनुशिक्षण कार्यक्रम तानसेनमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना कदम नेपाल बुटवल रूपन्देहीको समन्वयमा चलेको कार्यक्रमका मुल पाहुना जेष्ठ नागरिक तथा बगनासकाली गाउपालिका जनप्रतिनिधि कुल प्रसाद ढुंगानाले कानुनको हागोमा टेकेर स्थानीय स्त्तरमा साना तिना मुद्दा हरू न्यायीक , समिति को माध्यमबाट मिलाउने काम भइरहेको बताउनुभयो । उहाँले स्थानीय तहमा कानुन सम्बन्धी कर्मचारीको अभावमा कतिपय मुद्याहरु अलपत्र पर्ने गरेको बताउदै, स्थानीय तहमा कानुन सम्बन्धि कर्मचारी हुन आवस्यक भएको समेत बताउनुभयो ।
कार्यक्रममा रिब्दीकोट गाउपालिकाका उपाध्यक्ष लक्ष्मी खनाल बगनासकाली उपाध्यक्ष सरस्वती चिदी लगायतले स्थानीय तहमा आफुहरूले न्यायीक समिति भएर गरेका कामहरू बताउदै कार्यक्रम को शुभकामना दिनुभयो । लुम्बिनी प्रदेश कानुन सचिव राजेन्द्र थापाले देवानी र फौजदारी मुद्दाका बारेमा सहजीकरण गर्नु भयो । देवानी संहिताका सामान्य सिद्धान्त , नागरिक हक , व्यक्ति सम्बन्धि कानुन , देवानी संहिताले , व्यक्तिगत दर्ता , दस्तुर , का बारेमा जानकारी दिनुभएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयका वकिल हरिहर पौडेलले अपराध , संहितामा फौजदारी कसुरको व्यवस्था , फौजदारी न्याय का सामान्य सिद्धान्तहरूको व्यवस्था लगायतका विषयमा सहजिकरण गर्नुभएको थियो । स्थानीय तहमा न्यायिक समितिका काम तथा अधिकारका वारेमा अमृता खनालले सहजिकरण गर्नुभयो ।