किशोरीहरूको क्षमता विकास कार्याशाला सम्पन्न

राष्ट्रिय वगनासकाली समाचार
सेयर गर्नुहोस

गीता रेग्मी
पाल्पा । बगनासकाली । २ चैत्र ०७७
बगनासकाली गाउपालिका १ चिर्तुङधारामा सामाजिक श्रोत्त विकास केन्द्र नेपाल पाल्पाको आयोजना एक्सनएड नेपालको सहयोगमा स्थानीय सरोकार अभियान कार्यक्रम अन्तरगत किशोरीहरूको क्षमता विकास कार्याशाला कार्यक्रम सम्पन्न गरियो ।
। कार्यक्रममा किशोरीहरूका सवाल जिज्ञासा , र उनिहरूका समस्याका बारेमा छलफल अन्तरक्रिया कार्यक्रम गरिएको थियो । सामाजिक श्रोत्त विकास केन्द्र पाल्पाका बाल प्रायोजन अधिकृत गोपाल कुमालले किशाीरहरूका हरेक समस्याहरूमा अभिभावक हरूले निगरानी गर्नुपर्ने बताउनुभयो । सहजकर्ता दुर्गा पाण्डे , सुनिता खातीले किशोरीहरूले , साहस र आटका साथ काम गर्ने सके कोहि बालविवाहमा नपर्ने , घरेलु हिंसा , अन्य हिंसाजन्य कुराहरूमा नफसिने सबै नकारात्मक कुराहरूलाई उखेली फ्याक्न सके आफु ले नेतृत्व गर्ने सकिने बताउनुभयो ।
। युकी गाहा , कमला कुमाल , सन्तोशी कुमाल लगातले किशोरीहरू विभिन्न चरणहरू पार गर्दा अनेक सामाजिक लाल्छना , घरायसी तनाव , झै झगडा , आपसी अनमेल जस्ता समस्या बाट गुज्रिएकोले नेतृत्व तहमा पुग्न कठिन भएको बताए । युकी गाहाको अध्यक्षतामा ९ सदस्यीय वडा स्तरीय किशोरी कल्व गठन गरिएको छ । जसको सचिवमा , कुमारी गाहा , सदस्य हरू , सृष्टि थापा , गंगा वि क ,सन्जु कनौजे, प्रमिला कुमाल , महिमा गाहा, शरदा गाहा ,र निसा कुमाल लाई चयन गरिएको छ ।