बगनासकाली २ पोखराथोकका शिवरात्रीको अवसरमा प्रवचन

वगनासकाली
सेयर गर्नुहोस

पाल्पा । बगनासकाली ।
२७ फागुन, २०७७ । बगनासकाली गाउपालिका वडा नम्बर २ पोखराथोकमा रहेको ब्रहमाकुमारी ईश्वरीय विश्व विधालयले शिवरात्रीकोे अवसरमा ओमशान्तीको झण्डा फहराउनुको साथै प्रवचन कार्यक्रम गरेको छ । ब्रहमाकुमारी रमा न्यौपानेले शिबबाबाले दिएका ज्ञान सीप क्षमता मनुष्यहरूले ले उपभोग गरिहेका छन् यसलाई पालनगरी , आफ्नो स्वभावमा परिवर्तन ल्याउनु पर्ने बताउनुभयो । वडा अध्यक्ष टेकनाथ शर्मा गैरेले संसार भरिका जनताले शिवको आस्था , मान्य गरेका छन् आस्थाअनुसार राम्रो काम गर्नु , राम्रो फल प्राप्त , गर्नु हो , हामीले भोली को जन्म राम्रो बनाउन आजै देखि राम्रो काम गर्ने तर्फ लाग्नुपर्ने बताउनुभयो ।
शिवरात्री मनाउने नाममा किसिमका लागु पदार्थ खाने, जताततै दुर्गन्ध फैलाउने जस्ता कार्य गर्न नहुने प्रवचन दिइएको थियो । वडा सदस्य तुल्सी राम बस्यालले संसारमा प्रमात्म एउटै छन् मान्य शैलीमात्र फरक भएको उल्लेख गर्नुभयो । राम प्रसाद ढुंगानाको संचालनमा भएको कार्यक्रमको अध्यक्षता रमा न्यौपानेले गर्नुभएको थियो ।