पाल्पा दरबार संग्रहालयमा प्रताप शमशेरको शालिक अनावरण

तानसेन राष्ट्रिय समाचार
सेयर गर्नुहोस

पाल्पामा जनरल प्रताप शमशेर राणाको अर्धकतको शालिक अनावरण गरिएको छ । पाल्पा दरवारको निर्माण गरेका जनरल प्रताप शमशेर राणाको पाल्पामा दरवार संग्रहालय परिसरमा शालिक अनावरण गरिएको हो । लुम्बिनी प्रदेशका वन वातावरण तथा उधोग पर्यटनमन्त्री लीला गिरीले शालिकको अनावरण गर्दै पाल्पा दरवार संग्रहालय प्रदेशकै एकमात्र संग्रहालय भएकोले प्रदेश सरकार सक्रिय भएर जुटेको बताउनुभयो ।

दरवार संग्रहालयको गुरु योजना अनुसार प्रदेश सरकारले बजेट छुट्टाउदै काम गर्दै जाने बताउदै मन्त्री गिरीले भैरहवामा अन्तरराष्ट्रिय विमानस्थल संचालन भएपछी पर्यटकहरु बढ्ने भएकोले अहिलेदेखि नै प्रमुख पर्यटकीय गन्तव्यहरुसंग लिंकअप गर्नको लागि प्रदेश सरकारले जिल्ला जिल्लामा पर्यटन पूर्वाधारको काम गर्दै आएको बताउनुभयो । पाल्पा पर्यटकीय हिल स्टेशन रहेकोले पर्यटकिय केन्द्रको रुपमा विकास गर्न स्थानीयवासीहरु पनि सक्रिय भएर लाग्नु पर्नेमा जोड दिए । पर्यटकहरुलाई आकर्षण गर्न स्थानीयवासीहरुले अतिथी सत्कारदेखि प्याकेज तथा संस्कृतीको विषयमा जोड दिनुपर्ने बताए । पाल्पा दरवार संग्रहालयका सबै कोठाहरु संग्रहालयकै रुपमा प्रयोग गरिने मन्त्री गिरीले बताए ।

हाल पाल्पा दरवार संग्रहालयमा लुम्विनी प्रदेशका प्रमुख धार्मिक स्थानहरुको फोटो र जानकारी, नेपाल अग्रेज जितगढी युद्वका सामाग्रीहरु, पाल्पा जिल्ला बाट संकलन गरिएका पुराना सामाग्रीहरु राखिएका छन । संग्रहालयको पहिलो तलामा मगरी तथा थारु विषयका सामाग्रीहरु, दोस्रो तलामा नेपाली सेना गोरखदल गणले पृथ्वीनारायण साह देखी हालसम्मका सैनिक सम्वन्धी ऐतिहासिक तथा पुरातत्व महत्वका जानकारी राखिएको छ ।

कार्यक्रममा डिभिजन वन कार्यालय पाल्पाका डिभिजन प्रमुख डा। मोहन पौडेलले पाल्पा दरवारमा भईरहेको कामको बारेमा जानकारी गराउनुभएको थियो । पाल्पा दरवार अझै सुन्दर बनाउन कार्यालयको तर्फबाट अझ सक्रिय भएर काम गर्ने कार्यालय प्रमुख पौडेलले बताउनुभयो । कार्यक्रम तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाहीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन डिभिजन वन कार्यालयका सूचना अधिकारी यमलाल पोखरेलले गर्नुभएको थियो।