नेपाली काङ्ग्रेस पाल्पाद्धारा बिरोध सभा

अन्तर्राष्ट्रिय तानसेन तिनाउ निस्दी पूर्वखोला माथागढी मुख्य समाचार रम्भा रामपुर राष्ट्रिय रिव्दीकोट रैनादेवी वगनासकाली समाचार
सेयर गर्नुहोस

पाल्पा

नेपाली काङ्ग्रेस पाल्पाले संसद विघटनको बिरुद्धमा सोमबार पाल्पा सदरमुकाम तानसेनमा बिशाल बिरोध सभा सम्पन्न गरेको छ । तानसेनको टुडिखेलबाट सुरु भएको र्याली नारायण स्थान, मखनटोल, सिल्खानटोल, हुँदै बिपी चोकमा गएर सभामा परिणत भएको थियो । काङ्ग्रेसको केन्द्रिय कार्यक्रम अनुसार ७७ वटै जिल्लामा विरोध कार्यक्रम गरेको हो ।
बिरोध सभामा संविधान सभा सदस्य काङ्ग्रेस केन्द्रिय सदस्य हरिप्रसाद नेपालले काङ्ग्रेसको कारणले नभै कम्युनिस्टकै कारण सडकमा आउनुपरेको बताउनुभयो । उहाँले सरकार कोरोना संक्रमणको अबस्थामा पनि भ्रष्टाचारमा लागेको बताउनुभयो । नेपालले अदालतले न्याय नदिए जनताले ठेगान लगाउने दावी गर्नुभयो।


कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य बद्री पाण्डेले राणाले न्याय गरेको तानसेन कम्युनिस्टले लगातार चुनाव जित्दा झन पछाडि परेको बताउनुभयो । उहाँले कम्युनिस्टले सिद्धाबाबाको बाटो देखाउदै चुनाव जित्ने तर काम नगरेको भन्दै अब त्यो जिम्मेवारी काङ्ग्रेसले लिने बताउनुभयो । पाल्पा र तानसेन पछि पर्नुमा कम्युनिस्टको ठूलो हात रहेको बताउनुभयो । नेपाली काग्रेस पाल्पाका सभापती बीर बहादुर रानाको सभापतीत्वमा सभा सम्पन्न भएको हो ।