पत्रकार महासंघ पाल्पाको साधारण सभा, १८ जना पत्रकार पुरस्कृत

तानसेन राष्ट्रिय समाचार
सेयर गर्नुहोस

नेपाल पत्रकार महासंघ पाल्पाको साधारण सभाको अवसरमा जिल्लामा क्रियाशिल १८ जना पत्रकारहरु पुरस्कृत भएका छन ।बाह्रौ साधारण सभाको अवसरमा विभिन्न पुरस्कारहरु बाट पुरस्कृत गरेको हो ।

नगद १५ हजार राशीको उत्कृष्ट पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार बासुदेव ढकाल र देव पचभैयालाई दोसला र प्रमाण पत्रले सम्मानित गरेको हो । ७ हजार ५ सय राशीको सिर्जनशील पत्रकारिता पुरस्कार २०७७ बाट सन्तोष बस्याल, रमादेवी अर्याल, भुवन रायमाझी र विजयकुमार बौडेल, १० हजार राशीको ग्रामीण पत्रकारिता पुरस्कार बाट बन्दना पोखरेल, इमान सिं राना, ५ हजार राशीको मानवअधिकार पत्रकारिता पुरस्कार बाट विरेन्द्र घिमिरे, ५ हजार राशीको देवीभक्तचोलकुमारी सामाजिक पत्रकारिता पुरस्कार बाट अनिल लिगल, ३ हजार ५ सय राशीको सामाजिक जागरण पत्रकारिता पुरस्कार बाट तुल बहादुर थापा र ३ हजार राशीको लेखनवृत्ति प्रोत्साहन बाट यज्ञमुर्ति तिमिल्सिना, मुक्तिप्रसाद न्यौपाने, डोल बहादुर वि.क., दिपक भट्टराई, दयाराज न्यौपाने, विष्णु प्रसाद घिमिरे, भोजराज तिमिल्सिना पुरस्कृत भएको हो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पुरस्कार वितरण गर्नु भएकोो थियो । नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्यालले जिल्लामा क्रियाशिल पत्रकारहरु मध्ये बाट छनौट गरी पुरस्कृत गरिएको र अन्य पत्रकारहरुलाई पनि आगामी दिनमा क्रमश पुरस्कृत गर्दै जाने बताउनुभयो ।