वगनासकाली गाउपालिका अध्यक्षद्धारा आफ्नो तलवबाट सहकारी मार्फत कृषकलाई वाख्रा वितरण

मुख्य समाचार राष्ट्रिय वगनासकाली समाचार
सेयर गर्नुहोस

पाल्पा
वगनासकाली गाउँपालिका पाल्पाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले आफुले पाएको तलवबाट जनताको आयस्तर उकास्न वाख्राका माउ वितरण गर्नुभएको छ । गाउँपालिका अध्यक्ष बस्यालले वगनासकाली ९ चापपानीका १० घरपरिवारकालागि १० वटा बाख्राका माउहरु वितरण गर्नुभएको हो । चापपानीमा रहेको मालारानी वचत तथा ऋण सहकारी संस्था मार्फत ५० हजार वरावरको वाख्रा वितरण गरेको अध्यक्ष बस्यालले बताउनुभयो । “मैले निर्वाचन अगाडी नै तलव नलिने घोषणा गरेअनुसार प्राप्त गरेको तलवबाट गरिव तथा विपन्न वर्गका नागरिकहरुलाई आर्थिक सहायता हुने काममा लगाउदैं, आएको छु ।” अध्यक्ष बस्यालले भन्नुभयो ।

मालारानी वचत तथा ऋण सहकारी संस्थाले गाउपालिका अध्यक्षबाट प्राप्त वाख्राका माउ आफ्ना सदस्यहरुलाई मागका आधारमा वितरण गर्दै आएको छ । सस्थाका अध्यक्ष चिन्तामणी बस्यालका अनुसार गत ३ वर्षदेखी सदस्यहरुलाई मागका आधारमा पैचौको रुपमा वाख्रा वितरण गर्दै आएको छ । सहकारीले सदस्यहरुलाई वितरण गरिएका वाख्रा २ वर्षपछी एउटा माउ फिर्ता गरी पुनः अन्य सदस्यहरुलाई वितरण गर्दै आएको छ ।