रिब्दीकोट चिनाउने लेखरचना प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान

राष्ट्रिय रिव्दीकोट समाचार
सेयर गर्नुहोस

पाल्पाः रिब्दीकोट गाउँपालिकाले पालिकाभित्रका पर्यटकीय तथा धार्मिक गन्तव्य स्थल चिनाउने उद्देश्यले आयोजना गरेको लेख रचना प्रतियोगिताका विजयीहरुलाई पुरस्कृत गरेको छ ।
शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिका चिनाउने पर्यटकीय गन्तव्यहरु शीर्षक सम्बन्धी लेख रचना प्रतियोगितामा सहभागीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।
लेख रचना प्रतियोगितामा रामबहादुर विक (आरवी निश्चल) प्रथम, गाउँपालिकाका प्रवक्ता विष्णुप्रसाद खनाल द्धितिय, राम ज्ञवाली तृतिय र रुद्ध्र आचार्य सान्तवना हुुनुभएको छ ।
पुरस्कृत व्यक्तिहरुलाई पूर्व जिविस सभापती झपेन्द्रबहादुर जिसी, गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसी, उपाध्यक्ष लक्ष्मी खनाल, प्रतियोगिता मूल्याङकन समितीका बुद्धिप्रसाद शर्मा लगायतले सम्मान गर्नुभएको थियो ।
कोभिड १९ का कारण अनलाइन सहभागिता मार्फत गरिएको प्रतियोगितामा प्रथम हुनेले दश हजार, दोस्रो हुनेले आठ हजार, तेस्रो हुनेले सात हजार र सान्त्वना हुनेले दुई हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगीतामा ११ जनाको सहभागिता रहेको गाँउपालिकाले जनाएको छ ।