तिनाउमा खानेपानी सरसफाई सम्बन्धी योजना निर्माण

तिनाउ मुख्य समाचार राष्ट्रिय समाचार
सेयर गर्नुहोस

पाल्पाः तिनाउ गाउपालिका पाल्पाले खानेपानी तथा सरसफाइ सम्बन्धी वास योजना सार्वजनिक गरेको छ । पालिकास्तरीय योजना निर्माण गरी गाउपालिकामा आयोजित एक कार्यक्रमका विच गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले वास योजना पुस्तिका सार्वजनिक गर्नुभएको हो । वास पुस्तिका सार्वजनिक गर्दै गाउपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले तिनाउ गाउपालिका पूर्ण सरसफाई उन्मुख भएको बताउनुभयो । “विभिन्न संघ सस्थाको सहयोगमा खानेपानी तथा सरसफाइका क्षेत्रमा काम हुदै आएको छ, अव वास योजना अनुसार थप गर्दै जानेछौं, अध्यक्ष घर्ती मगरले भन्नुभयो ।”
वडा स्तरीय कार्यदल निर्माण गरी गणकहरु तथा सामाजिक परिचालन मार्फत तथ्याङक संकलन गरी वास योजना निर्माण गरिएको थियो । तिनाउ गाउपालिका पाल्पाका उपाध्यक्ष दमयन्ती थापा, प्रमुख प्रशाशकिय अधिकृत सुन्दर श्रेष्ठ, वडा अध्यक्षहरु तथा वास संयोजक कृष्ण कार्की लगायतले गाउपालिकाले आवश्यकताको आधारमा पालिकाभित्र खानेपानी तथा सरसफाईका कार्यक्रमहरु अगाडी बढाउदै जाने बताउनुभयो ।