पाल्पामा ३९ जनामा कोरोना संक्रमण पुष्टि

समाचार
सेयर गर्नुहोस

पाल्पा
पाल्पामा आइतवार थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार थपिएका संक्रमितहरुमा २३ जना पुरुष र १६ जना महिला रहेका छन् ।

थपिएका संक्रमितमध्ये तानसेन नगरपालिकाका भित्रकै ३० जना रहेका छन् । त्यस्तै वगनासकाली गाउँपालिकामा २ जना, माथागढी गाउँपालिकामा ३ जना, रिब्दीकोटररैनादेवी छहरा गाउँपालिकामा १र१ जना र पूर्वखोला गाउँपालिकामा २ जना संक्रमित थपिएका छन् । यससँगै पाल्पामा कुल संक्रमितको संख्या १४ सय ६३ पुगेको छ ।