स्वास्थ्य मापदण्ड पालना गर्दै वगनासकालीमा विद्यालय संचालन हुने (विद्यालयले पुरा गर्नुपर्ने मापदण्ड सहित)

राष्ट्रिय वगनासकाली समाचार
सेयर गर्नुहोस

पाल्पा

वगनासकाली गाउँपालिका पाल्पामा स्वास्थ्यका मापदण्ड पालना गरी विद्यालयमा सिकाई क्रियाकलाप संचालन गर्ने निर्णय भएको छ । आइतवार गाउपालिका शिक्षा समितिको वैठकले सवै विद्यालयहरुमा स्वास्थ्यका सम्पूर्ण मापदण्डहरु पालना गर्दै मंसिर ८ देखि विद्यालयमा पठनपाठन संचालन गर्न सकिने गरी निर्णय गरेको हो ।
वगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालका अनुसार अभिभावकहरुको सहमतिमा विद्यालय व्यवस्थापन समितिले वडा कार्यालयको शिफारिसमा विद्यालय संचालन गर्न सकिने व्यवस्था गरिएको छ । “हामीले गाउँपालिकाबाट पहिलोपटक थर्मोगन र स्यानिटाइजर सबै विद्यालयलाई प्रदान गछौं, अन्य मापदण्ड विद्यालयले नै पुरा गरेर संचालन गर्ने व्यवस्था गरेका छौं । ” अध्यक्ष बस्यालको भनाई छ ।
गाउँपालिकाले भनेको छ, विद्यालयले अनिवार्य सावुनपानी अथवा स्यानिटाइजरको व्यवस्था, अनिवार्य मास्कको प्रयोग, एक वेञ्चमा २ विद्यार्थी, ज्वरो मापन गर्नुपर्ने हुन्छ । त्यसैगरी रुघाखोकी लागेका विद्यार्थीलाई घरमै बस्न अनुरोध गर्ने, कोरोना पोजेटिभ देखएिका परिवारलाई विद्यालय नआउने, नजिकको स्वास्थ्य चौकी संग निरन्तर परामर्श गर्न भनिएको छ । विद्यालयमा पुर्व प्राथमिक तह, एल.के.जी. र यु.के.जीका वालवालिकाहरुलाई विद्यालयमा नवोलाउन तथा विद्यालयमा सिकाइ क्रियाकलाप वाहेकका अन्य क्रियाकलापहरु समेत अहिलेलाई नगर्न विद्यालयहरुलाई अनुरोध गरेको छ । विद्यालयको स्वास्थ्य मापदण्ड पालना भए नभएको सम्बँिधत वडाका जनप्रतिनिधि, राजनितिक दलहरु तथा शैक्षिक सरोकारवालाहरुबाट गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।