स्वः गैरे परिवारलाई पाल्पाली सेवा समाज कतारको सहयोग रकम हस्तान्तरण

तानसेन राष्ट्रिय समाचार
सेयर गर्नुहोस

पाल्पा ।

तानसेन नगरपालिका वडा नं ६ बर्तुङका स्वःनारायणप्रसाद गैरेको परिवारलाई पाल्पाली सेवा समाज दोहा कतारले सहयोग रकम हस्तान्तरण गरेको छ ।
१ महिना अघि गैरेको दुबै मृर्गौला फेल भएपछि उपचारका लागि आर्थिक अभाव भएको खबर थाहा पाएपछि समाजले कतारमा सहयोगार्थ रकम संकलन गरी पठाएको थियो । उपचारकै क्रममा यही कात्तिक १८ गतेको निधन भएका स्व. गैरेको परिवारलाई विहीवार ६० हजार ५ सय रकम हस्तान्तरण गरिएको हो ।
कतारमा रही सामाजिक अभियानको नेतृत्व गर्दै आउनुभएका समाजका अध्यक्ष महल बहादुर केसीको नेतृत्वमा रकम संकलन अभियान चलाइएको थियो ।
उपचारकै क्रममा उहाँको निधन भएपछि संकलित रकम छोरीहरुको शिक्षादिक्षाका लागि सहयोग होस् भन्ने उद्देश्यले प्रदान गरिएको हो ।


सहयोग रकम हस्तान्तरण गर्दै पाल्पाली सेवा समाज दोहा कतारका निर्वतमान अध्यक्ष तथा प्रमुख सल्लाहकार, युवा समाजसेबी इश्वर काफ्लेले समाज मार्फत पाल्पालीहरुको दुखसुखमा बिभिन्न सहयोग रहँदै आएको बताउनुभयो । तानसेन नगरपालिकाकी कार्यपालिका सदस्य मैयादेबी घिमिरे, इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमुर्ति तिमिल्सिना लगायतले सो रकम स्व गैरेका परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।
सन् २००७ मा स्थापित पाल्पाली सेवा समाज दोहा कतारले बिभिन्न रचनात्मक कार्यक्रमहरुका साथै अप्ठेरोका परेका, रकम अभावमा उपचार गराउन नसकेका ब्यक्तिहरुका लागि सहयोग गर्दै आएको छ ।