छोराछोरीले बुवाआमालाई सम्मान गर्दै विद्यालयको वार्षिकोत्सव मनाए 

राष्ट्रिय वगनासकाली समाचार
सेयर गर्नुहोस

पाल्पा
वेद माध्यमिक विद्यालय वगनासकाली ८ बराङ्दीका विद्यार्थीले आफ्ना अभिभावकहरुलाई टीका र माला लगाइदिएर सम्मान गर्दै अभिभावक दिवस मनाएका छन् । विद्यालयको ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयमा आयोजित एक कार्यक्रमका विच विद्यार्थीहरुले आफ्नो घरका अभिभावकहरुलाई टीका र फूलको मालाले सम्मान गर्दै वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएका हुन् ।
वार्षिकोत्सवमा एसईई उर्तीण ३२ जना विद्यार्थीहरुलाई खादा र फूलमालाले सम्मान गरिएको थियो । कोरोना भाइरसको जोखिमका कारण विद्यालय नजिकका केही विद्यार्थी र अभिभावकका विच अनौपचारिक गरिएको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक ठानेश्वर भट्राईले विद्यालयको कक्षाकोठा तथा भौतिक संरचना मर्मत गरिएको, प्रविधिमैत्री शिक्षाको थालनी गरिएको, वालमनोविज्ञानमा आधारित शिक्षण सिकाई अपनाइएको वताउनुभयो । उहाँले आगामी दिनमा संगितको कक्षा सुरुवात गर्ने पनि जानकारी दिनुभयो ।

 

Tagged