आरोग्य दिवसको अवसरमा बराङ्दीमा जडिवुटी रोपण तथा अन्तरक्रिया

राष्ट्रिय वगनासकाली समाचार
सेयर गर्नुहोस

पाल्पा
धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसको अवसरमा बराङ्दी आयुर्वेद औषधालयले वृक्षारोपण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
विश्वकै प्राचीनतामा चिकिस्तापद्धति मानिएको आयुर्वेदका प्रणेता धन्वन्तरिको उत्पति भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको बराङ्दी आयुर्वेद औषधालयका प्रमुख सृजना केसिले जानकारी दिनुभयो । धन्वन्तरिको कात्तिक त्रयोदशीका दिन उत्पति भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको केसीको भनाई छ ।

कार्यक्रमा बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बश्यालले मानव स्वास्थ्यमा आयुर्वेदको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । “स्थानीय रुपमा रहेका जडिबुटीको संरक्षण , सदुपयोग र उत्पादनलाई बढाउनुपर्छ, जसरी कोरोना संक्रमणमा मान्छेहरु जडिवुटी खोज्न थालेका छन् यसलाई उपयोग मात्रै होइन संरक्षण पनि गर्दै जानुपर्छ ।” अध्यक्ष बस्यालको भनाइ छ ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका पुर्व केन्द्रिय अध्यक्ष गणेश प्रसाद बश्यालले जडिबुटी प्रर्वद्धन गर्दै आम्दानीको बलियो श्रोत बनाउन सकिने कुरामा जोड दिनु भएको थियो । दिवस समारोहमा वडा अध्यक्ष गणेश प्रसाद बश्याल , मोतीलाल बश्याल , समाजसेबी जनप्रतिनिधि पत्रकार लगायतको सहभागिता रहेको थियो । साथै रुद्राक्ष, वोधिची लगायतका जडिवुटी जन्य विरुवाहरु पनि रोपण गरिएको थियो ।

जडिवुटीका विरुवा रोपण गर्दै वगनासकाली गाउँपालिका पाल्पाका अध्यक्ष कृष्ण प्रसाद बस्याल