बराङ्दी माइस्थान अवल हुँदै रानीमहल जोड्ने मोटरबाटोको निर्माण कार्य तिव्र

राष्ट्रिय वगनासकाली समाचार
सेयर गर्नुहोस

पाल्पा
वगनासकाली ८ बराङ्दी माइस्थान देखी जैसीटोला अवल हुँदै रानीमहल जोड्ने मोटरबाटोको निर्माण कार्य भईरहेको छ । शुक्रवार मोटरेवल पक्कि पुलको ढलान सुरु भएको छ । वगनासकाली गाउँपालिका पाल्पाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बाटो निर्माणले रानीमहल जान छोटो बाटो हुने तथा स्थानीय उपज वजार ल्याउन सहज हुने बताउनुभएको छ । पाल्पापाटीसंग कुरा गर्दै गाउँपालिका अध्यक्ष बस्यालले भन्नुभयो “बाटो निर्माण पछी बराङ्दी, खानीगाउँ, चापपानी तथा स्याङ्जाका केही क्षेत्रलाई समेत फाइदा हुनेछ ।”


नेपाल निजामती कर्मचारी संगठनका पूर्व केन्द्रिय अध्यक्ष गणेश बस्यालले उत्तरी क्षेत्र विकासमा पछाडी परेको अनुभूती भएकोले आफुले पहल गरेर वाटो निर्माण गरेको बताउनुभयो । “जसरी वीपी राजमार्ग हेर्नकै लागि मानिसहरु त्यहा जान्छन्, यसको निर्माण पछी भू वनाउवटको कारणले यो वाटो पनि पर्यटकिय क्षेत्र बन्न सक्छ ।” वडा नं. ८ का अध्यक्ष गणेश प्रसाद बस्यालले विकासमा सबैको एक्यैवद्धता रहेको बताउनुभयो । नेपाल सरकारको केन्द्रिय वजेट अनुसार ४० लाखको लागतमा यो वर्ष मोटरेवल पक्कि पुल तथा वाटो स्तोरन्नतीको काम भइरहेको स्थानीय यज्ञ प्रसाद बस्यालले बताउनुभयो ।

 

Tagged