गरिवीका कारण विद्यालय छोड्ने दर घटाउन तिनाउमा शैक्षिक सामाग्री र पोशाक वितरण

तिनाउ राष्ट्रिय समाचार
सेयर गर्नुहोस

पाल्पा
गरिवीका कारण विद्यालय छोड्ने दर घटाउन तिनाउमा विद्यार्थी र अभिभावकलाई प्रोत्साहन गरिएको छ । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्र्तगत तिनाउ गाउपालिका पाल्पाले विद्यालय छोड्ने दर घटाउन विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु र विद्यालय पोशाक वितरण गरेको छ । त्यसैगरी अभिभावकहरुलाई स्वास्थ्य वीमा गरेको छ ।
तिनाउँ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरका अनुसार विद्यार्थीहरुलाई विद्यालयमा टिकाउनका लागि शैक्षिक सामाग्री, पोशाक तथा दिवा खाजाको व्यवस्था गरेको छ । गाउँपालिकाको वडा नं. १ र ६ मा अभिभावकको आर्थिक अवस्था सुदृण गराउन स्वास्थ्य वीमा गरिएको छ ।


वडा नं. १ कचलको झिंगामारा र ठूलीउदाङका सिद्ध आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालय सहित वडा नं. १ र ६ का ४ सय विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा १ सय ८० जना विद्यार्थीहरुलाई पोषाक वितरण गरिएको मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमकी सहजकर्ता गीता कुमारी भट्राईले जानकारी दिनुभयो । तिनाउको वडा नं. १ र ६ का १ सय अभिभावकको स्वास्थ्य वीमा गरिएको छ । तिनाउ १ कचलका वडा सदस्य अमर तरामु मगरले १ सय विद्यार्थीका अभिभावकको स्वास्थ्य वीमाले गरिवी निवारणमा टेवा पुर्याएको बताउनुभयो । तिनाउ गाउँपालिका शिक्षा शाखा प्रमुख लक्ष्मी कुँवरले शिक्षामा सहयोग र टेवा पुर्याउदै रोजगारी सृजन ागर्न समेत कार्यक्रम फलदायी रहेको बताउनुभयो ।

Tagged