तानसेन-रिडी सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

तानसेन राष्ट्रिय रिव्दीकोट समाचार
सेयर गर्नुहोस

पाल्पा १५, कार्तिक ०७७
रिब्दीकोट गा.पा. ३ शिरुखर्कमा शनिवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । तानसेन देखि रिडि तर्फ जादै गरेको लु १९ प ८१७५ नं। को मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिदा चालक हरी प्रसाद ज्ञवालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गुल्मि पाल्पा पक्कि सडक खण्डमा शनिवार दिउँसो भएको दुर्घटनामा मोटरसाइकलको पछाडी बसेका गुल्मि ग्वादि गा।पा। ४ का अनिल ज्ञवालि सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी मदन गिरीले जानकारी दिनुभयो । मोटरसाइकल दुर्घटनाको थप अनुसन्धान जारी रहेको पनि जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।