पाल्पा वुटवल सडक मर्मत हुँदै

तानसेन राष्ट्रिय समाचार
सेयर गर्नुहोस

विष्णु घिमिरे

पाल्पा ०६ कार्तिक ०७७
हिलो र धुलोको विशेषता वोकेको सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्डमा अहिले स्तोरन्नती सहित मर्मत काम भइरहेको छ । झुम्सादेखी चिडियाखोला सम्म २ वटा ठेक्का लगाइएको छ । सडकको ढलान र कालोपत्रे गर्नका लागि झुम्सा देखी दोभान सम्मको सडक गत वर्षकै ठेक्का भएपनी लकडाउनका कारण प्रभावित भएको थियो । यो वर्ष भित्र सम्पन्न गर्ने गरी काम भएको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।
चिडियाखोला देखी वाँसटारी सम्मको सडक मर्मत तथा स्तोरन्नती र मोड सुधार भइरहेको छ । यहि आर्थिक वर्षमा सम्पन्न हुनेगरी चिडियाखोला देखी वाँसटारीको सडकको लागि मर्मतका लागि नेपाल सरकारबाट ८ करोड ४० लाख वजेट विनियोजन भएको थियो । त्यसैगरी मोड सुधार कार्यक्रम अन्र्तगत ३५ हजार घनमिटर मोड सुधार कार्यक्रम सुरु भएको छ । २ करोड रुपैयाको लागतमा मोड सुधार गर्न लागिएको डिभिजन सडक कार्यालय पाल्पाका इन्जिनियर शिवु खत्रीले जानकारी दिनुभयो ।
सिद्धार्थ राजमार्ग अन्र्तगत बुटवल पाल्पा सडकखण्ड जसलाई केहीले मृत्युमार्गको उपनामले समेत चिन्ने गर्दछन् । खासगरी वर्षातको समयमा यो वाटोमा पहिरो जादा धेरै जनधनको क्षती समेत हुदै आएको छ ।
सिद्धार्थ राजमार्गको हिलो र धुलो समाधानका लागि आफु लागि परेको पाल्पा क्षेत्र नं. २ का सांसद सोम प्रसाद पाण्डेले बताउनुभयो । वर्षाम ाझरेका पहिरो हटाउदै सडक मर्मतका लागि वजेट विनियोजन गरी काम अघी बढेको उहाँको भनाइ छ । हामी वजेटको अभाव हुन दिन्नौ, काम सम्पन्न हुनुपरो सांसद पाण्डेको भनाइ छ ।
वर्षातमा पहिरो खस्नु त यो वाटोको विशेषता नै वनेकै थियो, त्यसैमाथी पछिल्ला केही वर्षयता बाटोको खाल्डाखुल्डीले हिउँदमा धुलोको विशेषता पनि थपेको छ । मोटरसाइकलमा यात्रा गर्नेहरु वर्षामा पानीबाट जोगिन मात्र होइन हिँउदमा धुलोबाट बच्न समेत रेनकोट छोड्दैनन् । वर्षामा हिलो र पहिरो, हिउँदमा धुलो अर्थात सिद्धार्थ राजमार्ग । यो वर्षमात्रै खसेको पहिरोका कारण तानसेन बुटवल सडकखण्डको ४ ठाउँमा एकतर्फी मात्र बाटो संचालनमा रहेको छ ।