पाल्पामा बुधवार २७ जनामा कोरोना संक्रमण पुष्टि

राष्ट्रिय समाचार
सेयर गर्नुहोस

पाल्पा ०५ कार्तिक ०७७
पाल्पामा बुधवार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार माथागढीका ५, तानसेन तथा अस्पतालका १७, बगनासकालीका २, रिब्दीकोटका २ र पूर्वखोला गाउँपालिकाका १ जना गरी २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार संक्रमण पुष्टि भएकामध्ये १६ जना पुरुष र ११ जना महिला छन् । यस संगै पाल्पामा कोरोना संक्रमितको संख्या १ हजार ४१ पुगेको छ भने मृत्यु हुनेको संख्या ७ पुगेको छ ।