वगनासकालीका १ जना कोरोना संक्रमितको मृत्यु

राष्ट्रिय वगनासकाली समाचार
सेयर गर्नुहोस

पाल्पा ०५ कार्तिक ०७७
वगनासकाली गाउपालिका वडा नं. ७ का १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ७८ वर्षिय एक पुरुषको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार मृत्यु हुने पुरूषमा दम र सुगरको समेत समस्या रहेको थियो ।
योसँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या सात पुगेको छ । हालसम्म पूर्वखोला, तानसेन र बगनासकालीका गरी ७ जनाको मृत्यु भईसकेको छ ।