सम्भव भए पिसिआर, नभए क्वारेन्टाइन बसिदिनुस : कार्की

राष्ट्रिय रैनादेवी समाचार
सेयर गर्नुहोस

पाल्पा ०३ कार्तिक ०७७
नेपालीहरुको महान चाडहरु नजिकिदै जाँदा स्थानीय तहहरुले पिसिआर रिपोर्ट अनिवार्य भनिरहदा पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले भने सम्भव भए मात्र पिसिआर नत्र घरमै बस्न अनुरोध गरेको छ । पाल्पापाटी संग कुराकानी गर्दै गाउपालिका अध्यक्ष राम वहादुर कार्कीले दशैंमा घर आउने आफ्ना नागरिकलाई पिसिआर गर्न सम्भव नभए पनि घरमै बस्न अनुरोध गरिएको बताउनुभयो । “पिसिआर अनिवार्य गरेका छैनौं तर घरमा आएर १४ दिन क्वारेन्टिन बसिदिन अनुरोध गरेका छौं ।” अध्यक्ष कार्कीले भन्नुभयो ।
गाउपालिका भित्र संचालन भएका सरकारी तथा गैरसरकारी कार्यालय, संघ सस्था तथा व्यवसायहरुले स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिएको प्रमुख प्रशाशकिय अधिकृत खेत वहादुर खत्रीले जानकारी दिनुभएको छ ।