पाल्पामा आइतवार १९ जनामा कोरोना संक्रमण पुष्टि

राष्ट्रिय समाचार

पाल्पा २ कार्तिक ०७७ ।
पाल्पामा आइतवार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार रामपुरका ११, तानसेनका ४, पूर्वखोलाका १, रिब्दिकोटका १ र निस्दीका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १० जना पुरुष र ९ जना महिला छन् ।
योसंगै पाल्पामा कोरोना संक्रमित हुनेहरुको संख्या ९ सय ९१ पुगेको छ । जसमा ७ सय ५० जना निको भएर घर गएका छन् । हालसम्म कोरोनाका कारण पाल्पामा ४ जनाको मृत्यु भएको छ ।