वगनासकाली गाउपालिकामा अत्यावश्यक बाहेकका सेवाहरू बन्द

राष्ट्रिय वगनासकाली समाचार

पाल्पा २ कार्तिक ।
वगनासकाली गाउपालिकामा अध्यावश्यक बाहेकका सेवाहरू बन्द गरिएको छ । समुदायस्तरमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछी कार्तिक ३ गते सोमबारदेखि ६ गते शुक्रबार राती १२ः०० बजेसम्मका लागि गाउँपालिका भित्र अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।
गाउँपालिकाले ६ गतेसम्मका लागि पालिकाको वडा कार्यालय, ९ वटै वडा कार्यालयहरू, शैक्षिक संस्थाहरूमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जानकारी दिएको छ । आइतबार बसेको गाउँ कार्यपालिकाको आकस्मिक बैठकले यस्तो निर्णय गरेको प्रवक्ता लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गुनाराम खनालले शैक्षिक संस्थाहरू, स्वास्थ्य र सहकारी संस्थाहरूको अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गर्ने गराउने निर्णय गरेको हो । कडाइका साथ होम क्वारेन्टाइन बस्ने तथा बगनासकाली गाउँपालिका भित्रका उद्योग, पसल, होटलहरू र सवारी साधनमा स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरू अनिवार्य रूपमा पूरा गर्नुपर्ने निर्णय भएकाले जानकारी दिनुभयो ।


यस्तैगरी कोरोना पोजेटिभ होम आइसोलेसनमा बस्ने व्यक्तिहरूलाई प्रति व्यक्ति प्रतिदिन ४ सयका दरले पौष्टिक आहार वापतको सुविधा उपलब्ध गराउँदै आएकोमा सो सुविधा कार्तिक २ गतेदेखि बैठकबाट खारेज गर्ने निर्णय गरिएको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय बगनासकाली गाउँपालिकाबाट २७ जनाको पिसिआर लिइएकोमा १८ जनामा पोजेटिभ रिपोर्ट आएको र १ जना आफैं अस्पताल गएर स्वाव दिँदा पोजेटिभ रिपोर्ट आएको थियो ।

Tagged