मठमन्दिरहरुमा नित्यपुजा वाहेकका क्रियाकलाप नगर्न जिल्ला प्रशासन पाल्पाको अनुरोध

तानसेन राष्ट्रिय समाचार

पाल्पा ०२ कार्तिक ०७७
जिल्ला प्रशासन कार्यालय पाल्पाले जिल्लाका मठ, मन्दिर तथा शक्तिपीठहरुमा दैनिक नित्यपूजा वाहेकका क्रियाकलापहरु नगर्न अनुरोध गरेको छ । पछिल्लो समय कोरोना संक्रमण फैलने क्रम तिव्र रहेको भन्दै जिल्ला प्रशासनले कुनै पनि मठ मन्दिरहरुमा भेलाभई दर्शन नगर्न अनुरोध गरेको हो ।
नगरपालिका तथा गाउपालिकाहरुमा भेला भई शुभकामना आदान प्रदान तथा अन्य गतिविधीहरु पनि संचालन नगर्न अनुरोध गरेको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेद्धारा हस्ताक्षर गरिएको सूचनामा भनिएको छ, जात्रा, पर्व, सराय नाँच तथा देउसी भैलो पनि नखेल्नुहुन अनुरोध गरिएको छ ।