वगनासकालीमा शनिवार १९ जनामा कोरोना संक्रमण पुष्टि

राष्ट्रिय वगनासकाली समाचार

पाल्पा ०१ कार्तिक ०७७
बगनासकाली गाउँ पालिकामा शनिवार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गाउपालिकाबाट २७ जनाको स्वाव संकलन गरी पठाइएकोमा १८ जना र १ जना स्वयं अस्पतालमा गई स्वाव दिएको गाउपालिकाले जनाएको छ ।
वगनासकाली गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीका अनुसार शनिवार संक्रमण पुष्टि भएका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु तथा कर्मचारी ४ जना र बाकी भारत लगायत तेस्रो मुलकबाट आई होम क्वारेन्टाइनमा बसेकाहरु रहेका छन् ।
शनिवार १९ जनामा कोरोना संक्रमण पुष्टि भएपछी गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले सुरक्षित रहन र धैर्य रहन समेत अनुरोध गर्नुभएको छ ।