पाल्पामा शनिवार ७५ जनामा कोरोना संक्रमण पुष्टि

तानसेन राष्ट्रिय समाचार

पाल्पा ०१ कार्तिक ०७७
पाल्पामा शनिवार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार लकडाउन यताकै सर्वाधिक धेरै शनिवार देखिएको हो । शनिवार कोरोना पुष्टि भएकाहरु माथागढीका २, रामपुरका २०, पूर्वखोलाका ९, रैनादेवीका २ रहेका छन् । त्यस्तै वगनासकालीका १९, तिनाउका २, रिब्दीकोटका १, तानसेनका १८, अस्पताल तथा अन्यका २ जना गरी ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो ।
पाल्पा जिल्लामा हालसम्म ९ सय ६९ जनामा कोरोना देखिएको छ । त्यसैगरी समुदायस्तरमा ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पाल्पा जिल्लामा हालसम्म मृत्यु ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

Tagged