पाल्पामा शनिवार ७५ जनामा कोरोना संक्रमण पुष्टि

तानसेन राष्ट्रिय समाचार

पाल्पा ०१ कार्तिक ०७७
पाल्पामा शनिवार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिवार थपिएका संक्रमितहरु रम्भा र निस्दी गाउँपालिका बाहेकका अस्पतालहरु सहित ८ वटा पालिकाहरुका रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो ।
पाल्पा जिल्लामा पछिल्लो पटक थपिएका संक्रमित मध्ये सबैभन्दा बढी हो । शनिवार थपिएका ७५ जना मध्ये धेरेजसो समुदायस्तरका रहेका छन् ।