पाल्पा अस्पतालको आकस्मिक वाहेकका सेवा वन्द

तानसेन राष्ट्रिय समाचार

पाल्पा ०१ कार्तिक ०७७
चिकित्सक र कर्मचारीहरुमा कोरोना संक्रमण भेटिएपछी पाल्पा अस्पतालको आकस्मिकबाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । अस्पतालमा कार्यरत ४ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक वाहेकका सेवा वन्द गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै आकस्मिकबाहेकको सेवा बन्द गरिएको जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। जगदीश कुवँरका अनुसार २ चिकित्सकसहित अन्य २ कर्मचारीमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । कर्मचारीमा संक्रमण देखिएपछि सेवाग्राहीमा पर्न सक्ने जोखिमलाई मध्येनजर गर्दै आकस्मिक बाहेकका सेवा बन्द गर्नुपरेको अस्पतालले जनाएको छ ।

Tagged