घरमै बसेर चाडपर्व मनाउन जिल्ला प्रशासन कार्यालय पाल्पाको अनुरोध

तानसेन राष्ट्रिय समाचार

पाल्पा
२९ असोज, ०७७
जिल्ला प्रशासन कार्यालय पाल्पाले दशैंतिहारलगायतका चाडपर्वहरु घरमै बसेर मनाउन अनुरोध गरेको छ ।
विहीवार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले कोरोना संक्रमण दर बढ्दै गएको भन्दै घरमै बसेर चाडपर्व मनाउन अनुरोध गरेको हो । सार्वजनिक यातायात समेत सञ्चालन भएको तथा चाडपर्व मा कोरोना संक्रमणको जोखिम बढ्ने भएकोले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो ।