वगनासकालीका २९ विपन्न परिवारलाई कांग्रेस नेताले गरिदिए स्वास्थ्य बीमा

राष्ट्रिय वगनासकाली समाचार

विष्णु घिमिरे
पाल्पा, असोज २६
वगनाशकाली गाउँपालिका वडा नं. ६ यम्घा टोक्सेका २९ विपन्न दलित घरपरिवारका व्यक्तिहरुलाई नेपाली कांग्रेसका नेताहरुले स्वास्थ्य बीमा गरिदिएका छन् । नेपाली कांग्रेस पाल्पाका सभापति वीरबहादुर राना, वगनाशकाली गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्याल र प्रवक्ता लक्ष्मी प्रसाद अधिकारीले व्यक्तिगत रुपमा विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिनुभएको हो ।
आर्थिक अवस्था कमजोर भएका २९ परिवारलाई स्वास्थ्य सेवामा सहजता ल्याउन नेपाली काँग्रेसका नेताहरुले स्वास्थ्य विमा गरिदिनुभएको हो ।

विपन्न दलित परिवारको स्वास्थ्य बीमाको रकम हस्तान्तरण गर्दै प्रदेश सांसद वीर बहादुर रानाले सरकारको गैर जिम्मेवारीका कारण पछिल्लो समय नेपाली जनताले आधारभूत स्वास्थ्य सेवा समेत पाउन मुस्किल भएको बताउनुभयो । कोरोना महामारीले विश्व आक्रान्त भएको छ, सरकार भने स्वार्थगत राजनीतिमा भुलेको छ । जनतालाई गरिखाने रोजगारी खोसिएको छ यस्तो अवस्थामा बिरामी हुँदा उपचार पाउन सहज होस् भनेर स्वास्थ्य बीमामा सहयोग गरेका हौं, रानाले भन्नुभयो।

सेरोफेरो न्यूज डटकमको सहयोगमा