अव तानसेनमै कालिजको मासु खान पाइने

तानसेन राष्ट्रिय समाचार

विष्णु घिमिरे

पाल्पा २६, असोज २०७७
पाल्पामा पनि कालिजको व्यवसायीक पालन सुरु भएको छ । तानसेन नगरपालिकाको ढुङगाखानीमा व्यवसायिक कालिज पालन सुरु भएको हो । वन्यजन्तु प्रजातीको कालिज पालन अहिले नेपालमा फस्टाउदै जान थालेको छ ।
वन्यजन्तु तथा पन्छीहरुको घरमा राखेर अध्ययन अनुसन्धान गर्नु तथा आन्तरिक र वाह्य पर्यटनको विकास गर्ने उदेश्यले शितोष्ड वाल्डलाइफ एण्ड रिर्सच सेन्टरले व्यवसायिक कालिन पालन सुरु गरेको संचालक सुरेन्द्र बस्यालले बताउनुभयो ।
२४ रोपनी जग्गामा रिङनेट जातीको कालिज व्यवसायिक रुपमा पालन सुरु गरिएको छ । २२ सय चाइनिज प्रजातीको कालिज वेल्जियम बाट पोखरा हुदै तानसेनमा ल्याई पाल्न सुरु भएको हो । अहिले फर्ममा १८ सय बढी कालिजहरु रहेको संचालक बस्यालको भनाई छ ।
फर्ममा अहिले रेष्टुरेन्ट सहितको खानबस्न मिल्ने संरचना निर्माण हुदैछ । कालिज तयार भएपछी लोकल कुखुराकै मूल्यमा विक्री गरिने संचालक दामोदर पाण्डे बताउनुहुन्छ । धेरैलाई कालिजको मासु खान पर्ने पर्ने तर महङ्गो हुने भएकोले हामी लोकल कुखुराकै मूल्यमा दिन्छौ, संचालक पाण्डे भन्नुहुन्छ ।
कालिज चिसो र पहाडी क्षेत्रमा उपयुक्त हुने तथा चिसोमा बसेको कालिजको मासु समेत मिठो हुने भएकोले तानसेन कालिजको लागि उपयुक्त मानिन्छ । ४ महिना अघीदेखी कालिज पालन सुरु भएको हो । कालिज ६ महिनामा विक्री वितरण गर्न सकिने हुन्छ ।
५ जना संचालकहरुले २ करोड ५० लाखको खर्चमा कालिज फर्म संचालन गरेका हुन् । फर्ममा ह्याचरीको समेत काम भइरहेको छ । फर्मका अर्का संचालक कमल पाण्डेका अनुसार अर्को वर्ष चल्ला उत्पादन गरी ४० हजार चल्ला विक्री गर्ने लक्ष्य रहेको छ ।
                                                   

                                          यो भिडियो रिपोर्ट पनि हेर्नुहोस ।

Tagged