पाल्पामा आइतबार ३३ जनामा कोरोना संक्रमण पुष्टि

राष्ट्रिय समाचार

पाल्पा २५ असोज

पाल्पामा आइतबार ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा माथागढी गाउँपालिकाका ७ पुरुष, रामपुर नगरपालिकाका २ पुरुष, रम्भा गाउँपालिकाका १ पुरुष र १ महिला, तानसेन नगरपालिकाका ४ महिला र ४ पुरुष,निस्दी गाउँपालिकाका २ महिला र ३ पुरुष रिब्दिकोट गाउँपालिकाका एक जना र अस्पताल तथा अन्य जिल्लाका ८ जना रहेका स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।

यो सहित कोरोना संक्रमितको कुल संख्या ८ सय ७२ पुगेको छ । संक्रमितमध्ये ७ सय ३२ जना निको भएर घर फर्किएका छन् । भने, ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । जिल्लामा अहिले सम्म ४८ जना स्वास्थ्यकर्मी संक्रमण देखिएको छ ।