नेपालमा कोरोना संक्रमितको संख्या १ लाख बढी

राष्ट्रिय समाचार

काठमान्डौं २३ असोज
नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । गत २४ घण्टामा थपिएका संक्रमित संगै नेपालमा १ लाख नाघेको हो । पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १६ सय ८० जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७३ हजार २३ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ । यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित २७ सय ५३ जना छन् भने ४ हजार ७३ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।