पाल्पामा आज ३८ जनामा कोरोना पुष्टि

निस्दी रामपुर राष्ट्रिय समाचार

पाल्पा २३ असोज
पाल्पामा शुक्रवार ३८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । रामपुर अस्पतालका स्वास्थ्य कर्मी र कर्मचारी सहित २८ जना र निस्दीका १० जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाकाले जनाएको छ ।

पाल्पामा यस संगै कोरोना संक्रमित हुनेहरुको संख्या ८ सय ३९ पुगेको छ । पाल्पामा समुदाय स्तरमा कोरोना तीव्र रुपमा फैलिदै गएको छ । अहिले सम्म पाल्पाका ७ सय १० जनाले कोरोना जितेर घर फर्किएका छन् भने ४ जनाको निधन भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो ।