आधुनिक नेपाल पाल्पाद्धारा स्वास्थ्य सामाग्री वितरण

राष्ट्रिय वगनासकाली

हुमा सूर्यबंशी
पाल्पा २० असोज ।
आधुनिक नेपाल पाल्पाले स्वास्थ्य क्षेत्रमा निरन्तर खटिने स्वास्थ्य कर्मीहरुको स्वास्थ्यलाई मध्यनजर गरी स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
संस्थाले कोरोनाको बढ्दो सक्रमणलाई मध्यनजर गरेर वगनासकाली गाउँपालिका वडा नम्बर ९ को स्वास्थ्य चौकिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । संस्थाले पि.पि.इ आठ सेट, पि.पि.इ चस्मा आठ सेट, सेनिटाईजर ६ लिटर, ल्ढछ मास्क ४० वटा र हाते पञ्जा एक सय जोडी लगायतका सामानहरु हस्तान्तरण गरेको छ ।
कार्यक्रममा बोल्दै स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष ठानेश्वर तिमिल्सिनाले स्वास्थ्यको जटिलताको समयमा एक अर्काको साथ, सहयोग र सहकार्यले महत्वपूर्ण भुमिका खेल्ने वताउनुभयो । उहाले स्वास्थ्य चौकीमा निरन्तर खटिरहनुभएका स्वास्थ्यकर्मीको लागि स्वास्थ्य सामाग्रीले आत्मबल वढाएको बताउनुभयो ।


कार्यक्रममा बोल्दै आधुनिक नेपाल पाल्पाका संस्थापक अध्यक्ष कृष्ण भुसाल, संस्थाको वर्तमान अध्यक्ष तुलसा राना लगायतले अहिलेको स्वास्थ्य सक्रमणको यो अवस्थामा व्यक्तिगत र सामुदायिक स्वास्थ्यमा विषेश ध्यान दिनुपर्ने वताउनुभयो । यो संस्था २०७३ सालमा स्थापना भई पाल्पालाइ कार्यक्षेत्र बनाई विभिन्न सामाजिक क्रियाकलापहरुमा अग्रसर हुदै आईरहेको छ ।