प्रदेश ५ को नाम लुम्विनी राजधानी दाङ

राष्ट्रिय समाचार

बुटवल २०, असोज
प्रदेश ५ ले आफ्नो नाम र राजधानीको टुंगो लगाएको छ । मंगलवार बसेको प्रदेश सभा बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको राप्ती उपत्यका देउखुरी रहने प्रस्ताव पारित गरेको हो ।
प्रदेश गठन भएको ३ वर्षमा प्रदेशको नाम र राजधानी तोकिएको हो । मंगलवार प्रदेश सभामा भएको मत विभाजनमा दाङको पक्षमा ६९ र विपक्षमा १३ मत परेको थिए । सत्तारुढ दल नेकपाले प्रस्तावको पक्षमा र कांग्रेसले विपक्षमा मत हाल्न ह्वीप जारी गरेका थिए ।
प्रदेश सभामा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी सोनामले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका तथा अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले ओगटेको राप्ती नदी किनाराको मैदानी भाग राप्ती उपत्यका देउखुरीलाई प्रदेशको राजधानी तोक्ने प्रस्ताव गरेका थिए । यस्तै प्रदेशको नाम लुम्बिनी रहने उनको प्रस्ताव थियो । प्रस्ताव पारित भएपनि भौतिक संरचना निर्माण नहुँदासम्म प्रदेशको राजधानी बुटवल नै कायम रहनेछ ।

Tagged