पिपलडाडाका रवीलाई सहयोग जुट्न थाल्यो

रम्भा राष्ट्रिय समाचार

पाल्पा १४ असोज
रम्भा गाउपालिका पाल्पाका २४ वर्षिय मृगौला पिडीत रवीको वाच्ने आषा जागेको छ । कुनै दिन डायलासिस गर्न जाने यातायात खर्च समेत नभएर घरमै छट्पटाइरहनुभएका रवी अव त वाच्छु भनेर उत्साहित हुनुभएको छ ।
रम्भा गाउपालिका पिपलडाडाका रवी विकको दुवै मृगौला फेल भएको समाचार हामीले प्रशारण गरेपछी उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ । हामी उहाँको घरमा पुग्दा डायलासिस गर्न जाने यातायात खर्च समेत नभएका रवीको समाचार प्रशारण पछी देश तथा विदेशमा रहनुभएका नेपालीहरुबाट आर्थिक सहयोग जुटेको हो । रवीका अनुसार अहिलेसम्म ४ लाख बढी रकम संकलन भएको छ ।
सोमवार तानसेनको टुँडिखेलमा हामीले भेट्दा रवीको मुहारमा आषाको दियो वलेको देखिन्थ्यो, मेरो समस्या मिडियामा नआएको भए मर्ने थिए, अव त बाच्छुहोला सर, उहाको आषा छ ।
सोमवार नै पोर्चुगलमा रहनुभएकी शान्ती अधिकारी र पत्रकार भगवान भण्डारीको पहलमा अन्य नेपालीहरु तथा तानसेनका स्थानीयहरुले रवीलाई ७२ हजार रकम हस्तान्तरण गरेका छन् । रवीको उपचारका लागि आर्थिक सहयोग जुटाउन पहल गर्नुभएका पिपलडाडाका स्थानीय केशव भण्डारीले रवीको लागि सहयोग जुटिरहेको जानकारी दिनुभयो ।
पीपलडाडा निवासी रवी विकको दुवै मृगौलाले काम गरेको छैन्, उहाँले अहिले डायलासिस गर्दै आउनुभएको छ । वावा र एउटा दाजु वितेपछी पारिवारीक जिम्मेवारी सम्हाल्दै आउनुभएका रवी गाडी चालक हुनुहुन्थ्यो, एक्कासी दुवै मृगौलाले काम नगरेपछी र परिवारको आर्थिक अवस्था राम्रो नभएपछी नियमित डायलासिस गर्न समेत अप्ठेरो परेको थियो ।