जोखिममा रहेका घर बस्तीलाई शर्तक रहन रैनादेवीगाउपालिकाको अनुरोध

राष्ट्रिय रैनादेवी समाचार

पाल्पा ८ असोज

विगत ३ दिन देखीको अविरल वर्षाले पाल्पाका धेरै स्थानहरुमा क्षती गरिरहेको छ । यसैविच रैनादेवी छहरा गाउपालिका पाल्पाले अत्यावश्यक काम वाहेक हिडडुल नगर्न स्थानीयहरुमा आग्रह गरेको छ । अविरल पानी परिरहेकोले पहिरोको उच्च जोखिम भएको भन्दै रैनादेवी छहराका नागरिकहरुलाई सुरक्षित रहन अनुरोध गरिएको हो । गाउपालिकाका अध्यक्ष राम बहादुर कार्कीले पहिरो तथा विपतको कुनै पनि जोखिममा कोही परेको भए तुरुन्त सम्र्पक गर्न समेत अनुरोध गर्नुभएको छ । जोखिममा रहेका घर तथा बस्तीहरुमा रहेका नागरिक सजग रहन समेत अनुरोध गर्नुभएको छ ।
यो पनि पढ्नुहोस ।

पाल्पा रम्भाको पहिरोमा १ को शव फेला, ५ अझै वेपत्ता