पाल्पामा आज १३ जनामा कोरोना संक्रमण पुष्टि

राष्ट्रिय

पाल्पा ६, आश्विन
पाल्पा जिल्लामा गत २४ घण्टामा १३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार रिब्दीकोट गाउपालिकाका ११ जना, रैनादेवी छहरा गाउपालिकाका १ जना र रामपुर नगरपालिकाका १ जना गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार संक्रमण देखिएका १३ मध्ये १२ जना पुरुष र १ महिला रहेका छन् ।
पाल्पा जिल्लामा हालसम्म ७ सय १३ जनामा कोरोना पुष्टि भइसकेको छ । हालसम्म समुदायस्तरमा भने १ सय २७ जनामा पुष्टि भएको छ । त्यसैगरी १६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ भने हालसम्म पाल्पा जिल्लामा ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।