कोरोना संक्रमणका कारण थप एकको मृत्यु, पाल्पामा मृतकको संख्या ४ पुग्यो

अन्तर्राष्ट्रिय तानसेन पूर्वखोला राष्ट्रिय समाचार

पाल्पामा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । निमोनियाले बिरामी परेकी तानसेन नगरपालिका–१४, कुसेनीकी ४२  वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो ।
शंकास्पद लक्षण देखिएपछि कलेजले पीसीआर परीक्षणका लागि स्वाब पठाएको थियो ।

लुम्बिनी मेडिकल कलेजमा ३ डाक्टरसहित ११ जना स्वास्थ्यकर्मीलाई कोरोना पोजिटिभ देखिएको छ । स्वास्थ्य कार्यालयका अनुसार कोरोना भाइरस संक्रमणबाट यसअघि पाल्पामा अहिलेसम्म चार जनाको मृत्यु भएको छ । पूर्वखोला गाउ‘पालिका, सिलुवाका ४५ वर्षीय पुरुष, तानसेन नगरपालिका, पिपलडॉडाकी ३० वर्षीय महिला र तानसेन नगरपालिका, टिन्टीऑपका ५२ वर्षीय पुरुषको मृत्यु भइसकेको छ ।