पाल्पामा आज १५ जनामा कोरोना संक्रमण पुष्टि

तानसेन राष्ट्रिय समाचार
सेयर गर्नुहोस

पाल्पा ३० भदौ २०७७
पाल्पा जिल्लामा गत २४ घण्टामा १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार वगनासकाली गाउपालिकाका २ जना, तिनाउ गाउपालिकाका ३ जना तथा अस्पताल र अन्यका १० जना गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार वगनासकालीमा संक्रमण देखिएका दुवैजना भारतबाट आई क्वारेन्टिनमा बस्नेहरु हुन्, त्यसैगरी तिनाउ गाउपालिकामा संक्रमण देखिने ३ जना मध्ये २ जना क्वारेन्टिनमा बसेका तथा १ जना समुदायस्तरको रहेको बताइएको छ ।
त्यसैगरी आजै संक्रमण पुष्टि भएका अन्य १० जना मध्ये पाल्पा अस्पतालका २ जना र लुम्बिनी मेडिकल कलेजका ८ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । १० जना संक्रमित मध्ये २ जना विरामी तथा ८ जना स्वास्थ्यकर्मी रहेका छन् । पाल्पा जिल्लामा हालसम्म १३ जना स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित भएका छन् ।